युरोकपमा आयोजक जर्मनीलाई लगातार दोश्रो जित, हंगेरी २-० ले पराजित

युरोकपमा आयोजक जर्मनीलाई लगातार दोश्रो जित, हंगेरी २-० ले पराजित

काठमाडौं : आयोजक राष्ट्र जर्मनीले युरोकप फुटबलमा लगातार दोस्रो जित निकालेको छ।

समूह ए मा रहेका जमर्नले बुधवार राति भएको खेलमा हंगेरीलाई २-० गोल अन्तरले पराजित गरेको हो। जर्मनीको जितमा जमाल मुसियाला र गुन्डोगानले एक एक गोल गरेका थिए।

स्टुगार्ट मैदानमा भएको खलको २२ ओं मिनेटमा मुसयालाले गोल गर्दै अग्रता दिलाए। उनले गुन्डोगानको पासमा गोल गरेका थिए।

पहिलो हाफमा १ गोल गरेको जर्मनीले दोस्रो हाफमा अरु १ गोल थपेको थियो। जर्मनीका लागि गुन्डोगानले ६७ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए। उनले म्याक्सी मिलानको पासमा गोल गरेका थिए।

जितसँगै समूह एमा जर्मनी ६ अंकका साथ शीर्ष स्थानमा छ। पहिलो खेलमा स्कटल्याण्डलाई जर्मनीले पराजित गरेको थियो । हंगेरीको भने यो लगातार दोस्रो हार हो।

असार ५, २०८१ बिहीबार ०७:३१:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।