सर्लाहीमा हत्या गरेर खेतमा फालिएको अवस्थामा ३५ वर्षीय महिलाको शव भेटियो

सर्लाहीमा हत्या गरेर खेतमा फालिएको अवस्थामा ३५ वर्षीय महिलाको शव भेटियो

काठमाडौं : सर्लाहीमा एकजना महिलाको शव फेला परेको छ। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बरहथवा नगरपालिका वडा नम्बर १२ लौकठमा हत्या गरेर फालेको अवस्थामा ती महिलाको शव फेला परेको हो। उक्त शव स्थानीय शङ्कर महतोकी श्रीमती ३५ वर्षीया लिलावती देवी महतोको रहेको प्रहरीले जनाएको छ। 

घरबाट करिब डेढ किलोमिटर टाढा खेतमा उनको हत्या गरेको अवस्थामा शव बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी दिपक श्रेष्ठले बताए।

उनले घटनाबारे जानकारी पाए लगतै मृतक महिलाका श्रीमान् शंकर र उनकी कान्छी श्रीमती सजनीदेवी महतोलाई नियन्त्रणमा लिइएको बताए।

मृतक महिलाको घाँटी र अनुहारमा निलडाम देखिएको हुँदा श्रीमान् र उनकी कान्छी श्रीमतीले नै हत्या गरेको हुनसक्ने भन्दै उनीहरुलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए। 

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।  

असार ४, २०८१ बुधबार २१:५३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।