महिन्द्राले ल्यायो 'ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङमा बचत बढी' योजना

महिन्द्राले ल्यायो 'ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङमा बचत बढी' योजना

काठमाडौं : बालाजु अटो वर्कसले महिन्द्रा बोलेरो गाडीका ग्राहकहरूलाई लक्षित गरी ‘ज्याला फ्री, बोलेरो मर्मत र सर्भिसिङमा बचत बढी’ योजना ल्याएको छ।

कम्पनीले असार ९ देखि २१ गतेसम्मका लागि यो योजना सार्वजनिक गरेको हो। यो योजना डेन्ट पेन्ट र बाहिरी श्रममा लागु नहुने जानकारी दिइएको छ। यो योजनाको लाभ उठाउनका लागि ग्राहकले कम्तीमा एक हजार रुपैयाँको स्पेयर पार्ट्स खपत गर्नुपर्नेछ।   

बालाजु अटो वर्क्सका सर्भिस हेड शिव सुदन श्रेष्ठका अनुसार ग्राहकहरूको सुविधाका लागि योजना ल्याइएको हो।

यो योजना हाल बागमती र गण्डकी प्रदेशका बालाजु अटो वर्कसअन्तर्गत महिन्द्राका आधिकारिक सर्भिस सेन्टरहरूमा मात्र लागु गरिएको छ।  

अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालिले यसै योजनाअन्तर्गत महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने योजना पनि ल्याएको छ। यस योजनाअन्तर्गत गाडी खरिद गर्दा थप वारेन्टी, फ्री सर्भिसिङ, अग्नि हायर परचेजमार्फत सरल फाइनान्सिङलगायत अन्य सुविधा पनि उपलब्ध गराउने जनाइएको छ। 

असार ४, २०८१ बुधबार १८:२५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।