आफ्नै स्वर, संगीत र अभिनयमा बिन्दु परियारले ल्याइन् ‘जिउँला साथैमा’

आफ्नै स्वर, संगीत र अभिनयमा बिन्दु परियारले ल्याइन् ‘जिउँला साथैमा’

काठमाडौं : केही वर्षयता गायक गायिकाहरू गायन सँगसँगै अभिनय पनि गर्न थालेका छन्। कार्यक्रम तथा स्टेजमा परिचित हुने मोहले उनीहरूलाई मोडलिङ गराइरहेको छ। यही भिडमा ‘पर्ख पर्ख मायालु’ गीतकी गायिका बिन्दु परियार आफैले गाएको गीतमा मोडलिङका साथ दर्शकमाझ आएकी छन्। 

करिब दुई वर्षको अन्तरालमा आफ्नै एकल स्वरमा ‘जिउँला साथैमा’ बोलको गीत स्रोतमाझ ल्याएकी छन्। उनी आफैले संगीत भरेको यो गीतमा सुदिप सागरले एरेन्ज गरेका हुन्।

गीतको भिडियोमा लामो समयदेखि परदेशमा रहेका प्रेमी गाउँ आएपछिको अवस्थालाई देखाउन खोजिएको छ। जसमा बिन्दु र गायक देवेन्द्र बब्लुले अभिनय गरेका छन्। उनीहरुको अभिनयलाई सुनिल बिकले निर्देशन गरेका छन्। नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन्। 

गीतको भिडियोलाई गायिका बिन्दु परियारकै युट्युब च्यानलमार्फत हेर्न सकिन्छ। यसअघि बिन्दुका ‘पर्ख पर्ख मायालु’, ‘पहिलो नम्बरमा’लगायत फिल्मी गीतहरू चर्चामा छन्। 

असार ४, २०८१ बुधबार १६:५७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।