२.२७ अंकले बढ्यो नेप्से, ३ अर्ब ४० करोडको कारोबार

२.२७ अंकले बढ्यो नेप्से, ३ अर्ब ४० करोडको कारोबार

काठमाडौं : लगातार घटेको सेयर बजारमा बुधबार भने सामान्य बढोत्तरी छ। नेप्से परिसूचक २.२७ अंकले बढ्दै २०७८.७६ विन्दुमा रहँदा ७२ लाख ९ हजार ७५७ कित्ता सेयर किनबेच भएको छ। कारोबार रकम ३ अर्ब ४० करोड ४३ लाख रुपैयाँ छ। 

यसअघि कारोबार विस्तारै ओरालो लागेको थियो। मंगलबार बजार परिसूचक १८.७६ अंकले घट्दै २०७६.४९ को विन्दुमा रहँदा ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँमा किनबेच भएको थियो। 

त्यसअघि गत आइतबार बजार १७.०४ अंकले घट्दै २०९५.२५ विन्दुमा रहँदा १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको थियो। 

१३ उप-समूहमा बुधबार फाइनान्स, वाणिज्य बैंक, जलविद्युत, लघुवित्त, निर्जीवन बीमा र अन्य उप-समूह बढेका छन्। फाइनान्स उप-समूह २.६२ प्रतिशतले बढ्दा नेपाल फाइनान्स ९.९९ प्रतिशतले बढ्दै सर्किटस्तरमा पुगेको छ । १३५ कम्पनीको सेयर मूल्य बढेको छ। नेपाल फाइनान्ससँगै समाज लघुवित्त, कुथेली बुखारी साना जलविद्युत, मन्दाकिनी हाइड्रोपावर, सामलिङ पावर लगायतका कम्पनीको सेयर मूल्य बढेको छ। 

नेपाल फाइनान्स कारोबारमा पनि अगाडि छ। उक्त कम्पनीको २० करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, गोर्खाज फाइनान्सको ९ करोड ६६ लाख, ग्लोबल आइएमई लघुवित्तको ८ करोड ९९ लाख, सीक्ष्डीबी हाइड्रोपावरको ७ करोड ७४ लाख, हिमालयन लघुवित्तको ७ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

१०४ कम्पनीको सेयर मूल्य घट्दा मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ता सर्वाधिक ९.८८ प्रतिशतले नोक्सानमा रहे। ८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन।  

असार ४, २०८१ बुधबार १६:०१:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।