प्रेमको गसिप पुष्टी गर्दै अस्मिता र महेशले बुर्ज खलिफाअगाडि औँठी साटे

काठमाडौं : लामो समयदेखि चलिरहेको प्रेमको गसिपलाई प्रमाणित गर्दै गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले औंठी साटेको तस्बिर सार्वजनिक गरे। संयुक्त अरब इमिरेट्समा रहेको संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफा अगाडि उनीहरूले एकअर्काबीच औंठी साटेको तस्बिर सार्वजनिक भयो।
गायिका अधिकारी र गायक काफ्लेले सँगै फेसबुक पोस्टमा तस्बिर राख्दै आफूहरू दुईबाट एक भएको बताएका छन्।
गायिका अधिकारीले ‘दुई आत्मा, एउटै मुटु। सधैँभरी सँगै। हामी इन्गेज्ड भयौँ’ भनेर लेख्दा गायक काफ्लेले ‘सहयात्राको यो सुरुवात’ भन्दै तस्बिरहरू सेयर गरेका छन्।
यी दुई प्रेममा रहेको गाइँगुइँ चलेको निकै लामो भइसक्यो। यद्यपि दुवैले यसलाई अस्वीकार गर्दै आएका थिए। उनीहरुले आफूहरू मिल्ने साथीमात्र भएको दाबी गरिरहे। गसिप हो भन्दै आएका उनीहरुले हावा नचली पात हल्लिएको हैन भन्ने पुष्टी गरे बुधबार।
अस्मिताका ‘तिम्रो मायाले बाँधेर राख’, ‘काले केटाले’, ‘टाढा भएपनि’, ‘मेसो मिलाएर’, ‘फूलैफूल दिन्छौ कि’, ‘को होला त्यो’ लगायतका गीतहरू चर्चित छन्।
उता गायक काफ्लेले गाएका ‘नाच फिरीरी’, ‘माया बिरानी’, ‘चाइना जापान’, ‘लजावती झार’, ‘तातो गोली’ लगायतका गीतहरू दर्शकमाझ लोकप्रिय छन्।
असार ५, २०८१ बुधबार १०:३०:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।