संसद् भवनको शौचालयमा मृत भेटिए नेपाल प्रहरीका जवान

संसद् भवनको शौचालयमा मृत भेटिए नेपाल प्रहरीका जवान

काठमाडौं : नयाँ बानेश्वरस्थित संघीय संसद भवनभित्रको शौचालयमा नेपाल प्रहरीमा जवान मृत भेटिएका छन्।

बुधबार बिहान २२ वर्षीय  प्रहरी जवान अजित गोले दुई नम्बर गेटको शौचालयमा मृत भेटिएको संघीय संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए।

‘आधा घण्टा अगाडि केही पड्किएजस्तो आवाज आएपछि हेर्न जाँदा उहाँ शौचालयमा मृत भेटिनुभयो, उहाँलाई गोली लागेको छ,’ धमलाले भने, ‘घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ।’

मृतक गोले नेपाल प्रहरीको स्पेशल टाक्स फोर्सका लागि प्रहरी हेडक्वाटरबाट खटाइएका जवान हुन्।

असार ४, २०८१ बुधबार १०:१३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।