राहुल गान्धीद्वारा लोकसभा सीटबाट राजीनामा, बहिनी प्रियंका उम्मेदवार बन्ने

राहुल गान्धीद्वारा लोकसभा सीटबाट राजीनामा, बहिनी प्रियंका उम्मेदवार बन्ने

एजेन्सी : भारतीय कंग्रेसका नेता राहुल गान्धीले केरलाको वायनाड लोकसभा सीटबाट राजीनामा दिएसँगै बिहिनी प्रियंका उम्मेदवार बन्ने भएकी छन्।

लोकसभामा एउटा क्षेत्रबाट मात्रै प्रतिनिधित्व गर्न पाउने व्यवस्थाबमोजिम उनले वायनाडलाई छोडेर उत्तर प्रदेशको रायबरेली निर्वाचन क्षेत्र रोजेका हुन्।

लोकसभा सचिवालयले गान्धीले वायनाड क्षेत्रबाट राजीनामा दिएर रायबरेली क्षेत्र रोजेको जानकारी दिएको छ। गान्धीले दुवै क्षेत्रबाट उम्मेदवारी दिएर जितेका थिए।

गान्धीले राजीनामा दिनुअघि कंग्रेसका सभापति मल्लिकार्जुन खर्गेले पार्टीका शीर्ष नेताहरूसँग छलफल गराएका थिए।

लगत्तै गान्धीले मंगलबारदेखि नै लागू हुने गरी लोकसभा सचिवालयमा राजीनामा पत्र पेश गरेका थिए। सो क्षेत्रबाट गान्धीले राजीनामा दिएपछि अब लोकसभामा कंग्रेसका ९८ सांसद रहनेछन्।

कंग्रेसले रिक्त भएको सो क्षेत्रबाट अब प्रियंका गान्धी उम्मेदवार बन्ने भएकी छन्।

असार ४, २०८१ बुधबार ०९:२८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।