आईसीसी टी-२० विश्वकपमा आजदेखि सुपर आठका खेल हुँदै

आईसीसी टी-२० विश्वकपमा आजदेखि सुपर आठका खेल हुँदै

काठमाडौं : आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर आठका खेल आजदेखि सुरू हुँदैछन्।

अमेरिका र वेस्टइन्डिजले आयोजना भएको विश्वकप अन्तर्गत सुपर आठदेखि सेमिफाइनल र फाइनल खेल भने वेस्टइन्डिजमा मात्रै हुने छन्। समूह चरणका केही खेलहरू अमेरिकामा भएका थिए।

बुधबार पहिलो सुपर आठको खेलमा दक्षिण अफ्रिका र अमेरिका आमने सामने हुनेछन्। समूह चरणमा दक्षिण अफ्रिका समूह डीबाट विजेताको रूपमा रहेको थियो भने अमेरिका समूह एको उपविजेता हो।

सुपर आठको खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि सर भिभिएन रिचार्ड्स स्टेडियममा हुनेछ।

दक्षिण अफ्रिकाले लगातार विश्वकप खेल्दै आए पनि अमेरिका भने पहिलो पटक विश्वकप खेलेको टिम हो।

यी दुई बीचको खेल पहिलो पटक हुन लागेको छ। सेमिफाइनल यात्राको लय कायमै राख्नका लागि दुवै टिमलाई जित आवश्यक छ।

असार ४, २०८१ बुधबार ०८:१४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।