मुगुको गमगढीमा प्रभु बैंकको शाखा सञ्चालन

मुगुको गमगढीमा प्रभु बैंकको शाखा सञ्चालन

काठमाडौं : प्रभु बैंकले मुगुमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

असार ४ गते बैंकले मुगुको छायाँनाथ रारा नगरपालिका-२, गमगढीमा आफ्नो ३०६औं शाखा सञ्चालनमा ल्याएको हो।

व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याउने उदेश्यका साथ बैंकले बैंकिङ्ग सेवा विस्तार गरेको हो।

बैंकको गमगढि शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकको विश्वास छ।

हालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०६ शाखा कार्यालय, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहलाई सेवा दिँदै आएको छ।

असार ४, २०८१ बुधबार ०७:५५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।