बंगलादेशी बलर तन्जिमलाई आईसीसीको कारबाही

बंगलादेशी बलर तन्जिमलाई आईसीसीको कारबाही

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बंगलादेशका बलर तन्जिम हसन सकिबलाई कारबाही गरेको छ।

नेपालविरुद्धको खेलमा आईसीसी आचारसंहिताको धारा २.१२ उल्लंघन गरेपछि उनलाई कारबाही गरिएको हो। उनलाई म्याच फिको १५ प्रतिशत जरिवाना गरिएको आईसीसीले जनाएको छ।

यो धारा अन्तर्राष्ट्रिय खेलको दौरान कुनै खेलाडी, खेलाडीका सहयोगी, अम्पायर, म्याच रेफ्री वा कुनै दर्शकसमेतलाई अनुचित शारीरिक सम्पर्कसँग सम्बन्धित छ।

थर्ड अम्पायर जयरामन मदनगोपाल र फोर्थ अम्पायर कुमार धर्मसेनासहित फिल्ड अम्पायर अहसान रजा र साम नोगाज्स्कीले आरोप लगाएका थिए।

तान्जिमले अपराध स्वीकार गरेपछि त्यसमा औपचारिक सुनुवाइको आवश्यकता परेको थिएन। उक्त खेलमा नेपाललाई पराजित गर्दै बंगलादेशले प्रतियोगिताको सुपर आठ चरणमा प्रवेश गरेको थियो।

असार ४, २०८१ बुधबार ०६:४०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।