अत्यधिक गर्मीले बेहोस भएका ५४ वर्षीय पुरुषको ज्यान गयो

अत्यधिक गर्मीले बेहोस भएका ५४ वर्षीय पुरुषको ज्यान गयो

काठमाडौं : धनगढीमा अत्यधिक गर्मीपछि बेहोस भएका एक पुरुषको मृत्यु भएको छ। 

अत्यधिक गर्मीका कारण बेहोस भएका धनगढी १६ का ५३ वर्षीय बलराम मग्राठीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले जानकारी दिए।

गङ्गादशहरा पर्वको अवसरमा धनगढीको बेहडाबाबा धाममा लागेको मेलामा सञ्चालित होटेलको स्टलमा काम गरिरहेका मग्राठी गर्मीले बेहोस भएका थिए। उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना भएका उनलाई मंगलबार चिकित्सकले मृत घोषणा गरेका हुन्। 

झण्डै एक महिनादेखि धनगढीको तापक्रम निरन्तर उकालो लागिरहेको छ। गर्मीकै कारण त्यस क्षेत्रका विद्यालयमा आजबाट थप तीन दिन बिदा दिइएको छ।  

असार ३, २०८१ मंगलबार २१:४४:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।