अब कहिले सुध्रिन्छन् होला राजेश हमाल ?

अब कहिले सुध्रिन्छन् होला राजेश हमाल ?

काठमाडौं : उमेरले ६१ पुगेका अभिनेता राजेश हमाल फुर्सदिला छन्। न उनको हातमा फिल्म छन्,न म्युजिक भिडियो न त कुनै विजनेश नै। उनको काम भनेको विभिन्न ठाउँमा पुगेर रिबन काट्ने, घुम्ने अनि पैसा कमाउने जस्तो मात्र देखिन्छ।

यो बाहेक उनको खासै काम छैन। फुर्सदिला बनेका हमालको दैनिकी घरमा नै बसेर किताब पढ्ने सामाजिक सञ्जाल हेर्ने र फाट्टफुट्ट अन्तवार्तामा दिने हो। 

अनुबन्ध भएका फिल्म समेत नबनेको अवस्थामा उनको पाँच वर्षअघिको जस्तो सुटिङमा जाने, आउने दौडधूप छैन अहिले। उनी फुर्सदिला छन्। फुर्सदिलो हुँदासमेत उनको पुरानो बानी अहिलेसम्म सुध्रिएको रहेनछ। 

पुरानै महानायकको उपाधि बेचेर चलिरहेका हमालले मंगलबार राठीकोलको ब्राण्ड एम्बेस्डर बन्ने कुरा थियो। सोही सम्झौताका लागि पत्रकारहरूलाई मेरियट होटलमा १२ बजे उपस्थिति हुन भनिएको थियो।

पत्रकारहरू समयमै उपस्थित भएका थिए। तर उनी भने झण्डै साँढे २ घण्टा ढिला उपस्थिति भए। दिउँसो १२ बजे पत्रकार बोलाएर उनी २ बजेर १६ मिनेटमा हलमा पाइला टेके। 

तर, उनले यति लामो पत्रकारलाई कुराएको उनले कुनै पछुतो मानेनन्। बरु सानका साथ सोफामा बसे। राठीकोलको चर्चा गरे।  

यता पत्रकारहरू छटपटिरहेका थिए। १२ बजेदेखि काशी हलमा बसेका पत्रकार घरी चिया पिउन पुग्थे त घरी बाहिर निस्किएर खोइ आइपुगेनन् भन्दै लिफ्ट हेर्थे।

केही पत्रकारहरू भने हाम्रो काम नभएर आएको भन्ने भन्दै हलबाट बाहिरिए। आफू फुर्सदिलो छु भन्दैमा अरूलाई पनि त्यस्तै किन ठानेका होलान् भन्दै धेरैले हमालको आलोचना गर्दै बाहिरएका थिए। 

केही फिल्मकर्मी भन्दै थिए, ढिला गर्ने बानीबाट कहिले सुध्रिएलान् राजेश हमाल ?

असार ४, २०८१ मंगलबार २०:३८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।