‘राठीकोल’को ब्रान्ड एम्बेस्डरमा अनुबन्ध भए राजेश हमाल

‘राठीकोल’को ब्रान्ड एम्बेस्डरमा अनुबन्ध भए राजेश हमाल

काठमाडौं : ‘महानायक’को रूपमा परिचित अभिनेता राजेश हमाल ‘राठीकोल’को ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन्। 

मंगलबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट समारोहबीच राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठी र अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गरे। हमालले अबको एक वर्षसम्म ‘राठीकोल’का विभिन्न विज्ञापनहरूमार्फत यसको प्रचार गर्नेछन्।

हमाललाई एम्बेस्डर नियुक्त गरेपश्चात् राठी ग्रुपका अध्यक्ष राठीले ‘राठी’ ब्रान्डले चलचित्रमा हमालको उत्कृष्ट विरासतलाई सदैव सम्मान गर्ने बताए। 

अध्यक्ष राठीले ‘राठीकोल’ एढेसिभ उत्पादन गुणस्तरको हिसाबमा पनि पहिलो र उत्पादनको हिसाबमा पनि पहिलो रहेको बताए। 

'आज यो उत्पादनलाई लाखौँ कालिगडहरूले विश्वास गरेर प्रयोग गरिरहेका छन् भने हजारौं बिक्रेताहरूले बेचिरहेका छन्', उनले भने, 'राजेश हमाल पनि जसरी दशकौँदेखि नेपाली चलचित्रमा पहिलो नम्बरको अभिनेता हुनुहुन्छ। उहाँ पनि एक नम्बर, हामी पनि एक नम्बर। हाम्रो काम नै जोड्ने हो।'

अभिनेता हमालले कैयन् विदेशी ब्रान्डहरूलाई जित्दै आफ्नो वर्चस्व कायम गर्न सफल रहेको बताउँदै यसको गुणस्तरको विश्वास लिएपछि मात्र एम्बेस्डर बन्न राजी भएको बताए। 

उनले भने, 'निकै वर्ष पहिले ‘राठीकोल’को चाखलाग्दो विज्ञापन आउँदा नै मैले यो ब्रान्डबारे थाहा पाएको थिएँ, पछिसम्म मेरो मानसपटलमा यो रहिरहेको रहेछ।'

राठीकोलका सिइओ योगेश राठीले हमालको चलचित्र यात्रा र राठीकोलको उत्पादनको यात्रा बराबर ३५ वर्ष रहेको उल्लेख गर्दै निरन्तर सहकार्यमा रहने बताए। 

असार ३, २०८१ मंगलबार १९:०१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।