श्रीमतीलाई घाटी थिची हत्या गरेको आरोपमा एकजना पक्राउ

श्रीमतीलाई घाटी थिची हत्या गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं : रौतहटमा श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा राजपुर नगरपालिका–५ का मसुद आलम रहेको प्रहरीले जनाएको छ।

उनकी पत्नी ३७ वर्षकी नजाबुन नेसाको ३२ जेठमा हत्या भएको थियो। उनले श्रीमतीलाई घाटी थिची हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताए। 

‘अनुसन्धानका क्रममा मृतक महिलालाई उनकै श्रीमान मसुद आलमले घाटी थिची मारेको हो भन्ने खुलेको छ’, घिमिरेले भने, ‘मसुदले श्रीमतीको घाटी थिचेको उनकै छोरीले समेत पुष्टि गरेकी छिन्।’

प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेका मसुदले श्रीमतीको हत्या गरेको स्वीकार गरेको उपरीक्षक घिमिरेले बताए। 

यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।  

असार ३, २०८१ मंगलबार १७:०७:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।