राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेपछि एक सेकेन्डमै उड्यो महासेठको अनुहारको रङ्ग

राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेपछि एक सेकेन्डमै उड्यो महासेठको अनुहारको रङ्ग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विनियोजन विधेयक अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२को विनियोजन विधेयकमाथिको छलफलका क्रममा रोष्ट्रममा पुगेका उनले त्यहिँ पुस्तक च्यातेका हुन्।

अध्यक्ष लिङ्देनले मन्त्रालयको पुस्तिका हातमा परेपछि रिस उठेको र च्यात्न मन लागेको भन्दै रोस्ट्रममै च्यातेका हुन्। च्यातेर हुर्याउन मन भए पनि संसदीय मर्यादाले नदिने भन्दै उनले साथमै राखेका छन्।

‘कहाँ हुर्याउनुपर्ने हो, त्यहाँ नहुर्याएर यहाँ राख्छु,’ उनले भने, ‘यो मेरो मनको मात्र कुरा होइन, संसद बैठकमा बसेका जुनसुकै पार्टीका चारवटा निर्वाचन क्षेत्रबाहेकका सबै प्रतिनिधिसभाका सदस्यहरूको मनको कुरा हो।’

सामान्य लाजघिन नराखेर राज्य स्रोतमाथि मनपरि कति दिनसम्म सहेर बस्ने भन्दै उनले प्रश्न गरे।

लिङ्देनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तक च्यातेपछि मन्त्री रघुबीर महासेठको अनुहारको रङ्ग एक सेकेन्डमै उडेको थियो।

एक सेकेण्डअघिसम्म मुसुक्क मुस्कुराइरहेका उनी लिङ्देनले पुस्तक च्यातेपछि अनुहार बिगारेका थिए।

असार ३, २०८१ मंगलबार १३:१७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।