सूर्य थापालाई नै फ्लप खुवाउने नेता रिजालको अभिव्यक्ति– ‘सर्वोच्चको फैसलामाथि संसदीय छानबिन गर्नुपर्छ’

सूर्य थापालाई नै फ्लप खुवाउने नेता रिजालको अभिव्यक्ति– ‘सर्वोच्चको फैसलामाथि संसदीय छानबिन गर्नुपर्छ’

काठमाडौं : एमाले नेता विष्णु रिजालले गिरिबन्धु टि स्टेटको जग्गाको सन्दर्भमा सर्वोच्च अदालतले गरेको फैसलामाथि संसदीय छानबिन गर्नुपर्ने तर्क गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत नेता रिजालले संसदबाट पारित कानूनबमोजिम गरिएको कामलाई अवैध भनिएको भन्दै सर्वोच्चको फैसलामाथि छानबिन गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘गिरिबन्धुको फैसलामाथि संसदीय छानबिन हुनुपर्छ। संसद्बाट पारित कानुन बमोजिम गरिएको कामलाई अवैध भनिएको छ।’

सर्वोच्चले कानून बन्नुअघि नै गरिएको ७० बिघा जग्गा किनबेचलाई वैधता दिएको भन्दै फैसलामाथि प्रश्न उठाएका छन्।

‘एकातिर ठूलो हल्ला मच्चाएर ध्यान केन्द्रित गराउने अनि अर्कातिरबाट कानुन नै नभएर गरिएको निर्णयलाई वैधता दिने काम स्वतः प्रश्नको घेरामा छ।’

सर्वोच्चको फैसलालाई नै अन्तिम मानिनेमा एमाले नेताको यो तर्क कानूनसम्मत देखिँनैन। सर्वोच्चको फैसलामा चित्त नबुझाउन पाइन्छ तर त्यसलाई नमान्ने छुट कसैलाई पनि छैन।

यसअघि प्रधानमन्त्री रहेका बेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद् विघटनको फैसला सर्वोच्चले उल्ट्याइदिएपछि त्यतिबेला उनका प्रेस सल्लाहकार रहेका सूर्य थापाले सर्वोच्चको फैसला विवादास्पद भए पनि मान्नुपर्ने बताएका थिए।

तर, नेता रिजाल अहिले आफ्ना अध्यक्षले गरेको निर्णयको बचाउमा सूर्य थापालाई नै फ्लप खुवाउने गरि चाकरी गर्दैछन्। थापाभन्दा एक खुड्किलो माथि चढेर रिजालले सर्वोच्चको फैसलामाथि संसदीय छानबिन हुनुपर्ने तर्क गरे।

असार ३, २०८१ मंगलबार ०८:२९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।