कोशी, बागमती र गण्डकीमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना

कोशी, बागमती र गण्डकीमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया मौसम सफा रहेको छ। कोशी, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित पानी परिरहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा मधेस प्रदेश लगायत बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ।

बेलुका राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रहने छ। कोशी प्रदेशका केही तथा मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ।

असार ३, २०८१ मंगलबार ०७:१८:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।