स्कटल्याण्डका पोर्टियसलाई दुई खेलको प्रतिबन्ध

स्कटल्याण्डका पोर्टियसलाई दुई खेलको प्रतिबन्ध

एजेन्सी : र्यान पोर्टियसले युरो २०२४ मा स्कटल्याण्डका बाँकी दुई समूह खेल गुमाउने भएका छन्। उनलाई देखाइएको रातो कार्डको प्रतिबन्ध बढाइए पछि खेलको संख्या बढेको हो।

वाटरफोर्डका २५ वर्षीय डिफेन्डर पोर्टियसलाई शुक्रबारको जर्मनीविरुद्धको ५-१ को हारको पहिलो आधा समयमै रातो कार्ड देखाइएको थियो। उनले इल्काय गुन्डोगानमाथि फउल खेलेपछि पेनाल्टी दिइएको थियो।  

युईएफाको नियन्त्रण, नैतिकता र अनुशासन निकायले सो घटनाको समीक्षा गरेर "गम्भीर खराब खेल" को आरोपमा थप एक खेलको प्रतिबन्ध थपेको हो।

स्कटल्याण्डले बुधबार स्विटजरल्यान्डसँग र आइतबार हङ्गरीविरुद्ध समूह चरणको अन्तिम खेल खेल्नेछ।   अर्कोतर्फ, स्कटिश फुटबल महासंघलाई म्युनिखको एलियान्ज एरेनामा भएको  हारका क्रममा स्कटल्यान्डी प्रशंसकहरूले सामान  फ्याँकेको कारण €५,६२५ (£४,७५३ वा करिब ७ लाख ६७ हजार नेपाली रुपैयाँ जरिवाना तिर्नुपरेको छ।

असार २, २०८१ सोमबार २२:१७:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।