चट्याङ लागेर ५६ वर्षीय पुरुषको ज्यान गयो

चट्याङ लागेर ५६ वर्षीय पुरुषको ज्यान गयो

काठमाडौं : पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका-३, डाँडा गाउँका ५६ वर्षीय बिमल प्रसाद पन्त रहेका छन्। 

बिमल घरमै बसिरहेका बेला चट्याङले लागेको थियो। घाइते भएका उनलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी (डिएसपी) सुगन्ध श्रेष्ठले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

असार २, २०८१ सोमबार २१:२६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।