सिद्धार्थ बैंकद्वारा काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोडको सहयोग

सिद्धार्थ बैंकद्वारा काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोडको सहयोग

काठमाण्डौं : सिद्धार्थ बैंक लिमिटेडले काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको बाल अस्पताललाई सहयोगस्वरुप १ करोड प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। 

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र अस्पतालका अध्यक्ष तथा वरिष्ठ मुटु शल्यचिकित्सक प्रा. डा. भगवान कोइरालाले हस्ताक्षर गरे। 

राष्ट्रको उज्जवल भविष्य बालबालिकाहरूको स्वास्थ्यमा निर्भर हुने मान्यताको साथ बैंकले यस कल्याणकारी कार्यमा सहभागिता जनाएको हो।

यस सहयोगले बाल स्वास्थ्य क्षेत्रमा उचित र गुणस्तरीय सेवा प्रदान गर्न अहम् भुमिका खेल्ने बैंकको विश्वास छ। 

बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पुर्याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ। 

असार २, २०८१ सोमबार १९:२६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।