‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’को उपाधि समृद्धि स्कुललाई

‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’को उपाधि समृद्धि स्कुललाई

काठमाडौं : समृद्धि स्कुलले ‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’को उपाधि जितेको  छ। माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ दिएर नतिजाको पर्खाइको खाली समयमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै युनिग्लोब माध्यमिक विद्यालयले आयोजना गरेको खेलमा समृद्धि स्कुल प्रथम बनेको हो। 

प्रतियोगिताका संयोजक मिलन बम ठकुरीका अनुसार हिमचुली स्कुल दोस्रो भएको छ भने स्वप्न भाटिका स्कुल तेस्रो भएको छ। 

खेलमा ‘बेस्ट किपर’ अवार्ड भने सनसाइन स्कुलका सुशन खत्रीले पाएका छन्। त्यस्तै, ‘बेस्ट प्लेयर’ अवार्ड समृद्दि स्कुलकै सौगात राना मगरले पाए। 

खेलमा देशैभरका विभिन्न विद्यालय तथा इन्स्टिच्युटहरूका विद्यार्थीहरूबाट कुल ९० वटा समूह सहभागी भएका थिए।

कमलादीस्थित युनिग्लोबको आफ्नै फुटसल कोर्टमा आयोजना भएको यस वर्षको प्रतियोगितामा सुर्खेत, जुम्ला, बाजुरालगायत देशैभरबाट सहभागिता रहेको थियो।

प्रतियोगिताको विजेता टिमले मेडल, ट्रफी र प्रमाणपत्रसहित ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् भने उपविजेताले ३० हजार रुपैयाँ र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। 

असार २, २०८१ सोमबार १९:१५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।