'राजीनामा पत्र गोजीमै बोकेर हिँडेको' भनेपछि बिराजलाई प्रचण्डको जवाफ : 'यो त रविजीले सुरुमै भन्नुहुन्थ्यो नि'

'राजीनामा पत्र गोजीमै बोकेर हिँडेको' भनेपछि बिराजलाई प्रचण्डको जवाफ : 'यो त रविजीले सुरुमै भन्नुहुन्थ्यो नि'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोजीमा राजीनामा पत्र बोकेर हिँड्नु राष्ट्रिय स्वतन्त्र पार्टीको पुरानै प्रवृत्ति भएको बताएका छन्।

सोमबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपाले राजीनामाको विषयलाई आफ्नो पहिचान नै बनाइसकेको बताए। 

उनले भने, ‘यो त रविजीले सुरुमै भन्नुहुन्थ्यो नि! हामी त्यस्ता हौं भनेर। त्यो चाहिँ अब आफ्नो पहिचानको निम्ति पनि उहाँहरूलाई भन्नुपर्ने आवश्यकता होला। तर मैले बुझेकोमा त्यस्तो केही छैन।’

शनिबार रास्वपाको दोस्रो स्थापना दिवसका अवसरमा युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले आफूहरूलाई अनावश्यक र अनधिकृत सम्झौता गर्न बाध्य पारिए त्यसै दिन सरकारबाट बाहिरिने चेतावनी दिएका थिए।

‘केही कुरामा हामीलाई अनावश्यक, अनधिकृत हिसाबले कुनै खालको सम्झौता गर्न पर्यो भने त्यो दिन नै रास्वपा सरकारबाट बाहिर आउन अहिले नै तयार छ। हाम्रो राजीनामा पत्रमा मिति मात्र लेख्न बाँकी छ। त्यो तयार गरेर बोकेर नै हिँडेका छौँ। हामीले सरकारलाई दिएको समर्थनमाथि समीक्षा गर्नुपर्ने बेला पनि छ,’ उनले भनेका थिए। 

असार २, २०८१ सोमबार १९:०७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।