'फिल्म फ्लप हुँदा भोज खुवाउँछु, आरआरआर हिट भएपछि ७ दिनसम्म घरबाट बाहिर गइँन'

'फिल्म फ्लप हुँदा भोज खुवाउँछु, आरआरआर हिट भएपछि ७ दिनसम्म घरबाट बाहिर गइँन'

काठमाडौं : फिल्म ‘आरआरआर’ अभिनेता रामचरणका लागि करियरमा एउटा कोशेढुंगा साबित भयो। फिल्मले उनलाई स्वदेशमा मात्र होइन, विदेशमा उत्तिकै लोकप्रिय बनायो। हालैमात्र उनले ‘आरआरआर’को सफलता र आफ्नो पिताको विरासत सम्हाल्ने विषयमा कुराकानी गरेका थिए।

उनले एक अन्तर्वार्तामा ‘आरआरआर’को सफलतापछि आफू एक हप्तासम्म घरबाट बाहिर नगएको खुलासा गरे। 

‘म फिल्मको सफलतालाई लिएर धेरै दबाब लिन्नँ। ‘आरआरआर’को सफलतापछि पनि मेरो मनोभावमा परिवर्तन आएन। सत्य कुरा भन्दा मेरो कुनै फिल्म फ्लप हुँदा पार्टी गर्छु। मलाई सम्झना छ कि जब आरआरआर सफल भयो त्यो समयमा म एक हप्ताका लागि घरबाट बाहिर गइँन। मलाई निकै राहत महसुस भयो। म तनावमुक्त भएर परिवारसँग समय बिताइरहेको थिएँ। दबाबको मामलामा मसँग विपरीत कथा छ’, उनले भनेका छन्।

रामचरण साउथका मेगास्टार चिरन्जीवीका छोरा हुन्। उनीमाथि पिताको विरासत सम्हाल्ने जिम्मेवारी पनि छ। 

के उनलाई पिताको विरासतलाई अगाडि बढाउन कुनै दबाब महसुस हुन्छ त? उनी भन्छन्, ‘मलाई थाहा छैन कि म यसबारे कसरी प्रतिक्रिया दिऊँ। म अहिले सम्झन्छु कि अहिले म जे गरिरहेको छु त्यो महत्वपूर्ण छ। एक पिता, छोरा र भाइका रुपमा त्यो दिन मलाई जे सही लाग्छ, म त्यही गर्छु। यसैगरी एक/एक दिन म सही गर्दै गएँ भने वर्षदिन भरी सही नै गर्दै जानेछु’, उनले भनेका छन्।

एसएस राजामौलीको फिल्म ‘आरआरआर’ सन् २०२२ मा रिलिज भएको थियो। फिल्ममा रामचरणका अलावा जूनियर एनटीआर, आलिया भट्ट, अजय देवगनलगायतका कलाकारको अभिनय थियो। यो फिल्म बक्सअफिसमा ब्लकबस्टर साबित भएको थियो। फिल्मको गीत ‘नाटू नाटू’ले ओस्कार अवार्डमा सर्वश्रेष्ठ ओरिजिनल स्कोरको अवार्ड जितेको थियो।

रामचरण अब राजनीतिक एक्सन ड्रामा ‘गेम चेन्जर’मा देखिदैछन्। फिल्मको निर्देशन शंकरले गरिरहेका छन्। फिल्ममा उनीसँगै अभिनेत्री कियारा आडवाणी पनि छिन्।

असार २, २०८१ सोमबार १८:४६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।