महिला सशक्तीकरणका लागि कोका-कोला र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’

महिला सशक्तीकरणका लागि कोका-कोला र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’

काठमाडौं : कोका-कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’ कार्यक्रमको दोस्रो चरण आयोजना हुने भएको छ। यो कार्यक्रम नेपालभरका महिला उद्यमीहरूलाई सशक्तीकरण गर्नका लागि ८ मार्च, २०२२ मा एटेलियर प्लेटफर्म प्रालिको सहकार्यमा कोका-कोला नेपालले सुरु गरेको थियो। 

हाल सम्म सक्षमद्वारा २,००० भन्दा बढी महिलाहरूले सशक्तीकरण तथा उद्यमशीलताको तालिम प्राप्त गरिसकेको बताइएको छ। 

‘सक्षम’ कार्यक्रमको बारेमा बोल्दै कोका–कोला नेपालका निर्देशक चन्द्रिका कालियाले भने, 'हामी नेपालमा महिला उद्यमीहरूलाई थप सशक्त बनाउँदै हाम्रो सक्षम कार्यक्रमको दोस्रो चरणको यात्रा जारी राख्न पाउँदा अत्यन्त हर्षित छौँ। हामी नवप्रवर्तन, दिगोपन र समावेशीतालाई प्रवर्द्धन गर्ने अवसरहरू सिर्जना गर्नु पर्नेमा विश्वास गर्छौँ। सक्षममार्फत हामीले नयाँ उद्यमीहरूलाई सहयोग गर्ने मात्र नभई देशको आर्थिक र सामाजिक विकासमा पनि योगदान पु¥याउने लक्ष्य राखेका छौँ।'

२०२४ मा वृहत् समीक्षाद्वारा छनोट गरेपछि मे ३१, २०२४ मा सुरु गरिएको सक्षम कार्यक्रममा विशेषज्ञहरूद्वारा महिला नेतृत्व, कम्पनी वैधता, वित्त पहुँच, र सर्कुलर अर्थतन्त्र जस्ता विभिन्न सत्रहरू संचालन गरिएको थियो। दुईमहिने कार्यक्रममा लैङ्गिक अधिकार, नेतृत्व, जलवायु परिवर्तन, कानुनी प्रक्रिया, मार्केटिङ, र वित्त लगायत विभिन्न विषयका सत्रहरू समावेश गरिएको कम्पनीले जनाएको छ। 

उक्त कार्यक्रममा कृषि, हाइड्रोपोनिक्स, मानसिक स्वास्थ्य, सांस्कृतिक सम्पदा प्रवर्द्धन, प्रविधि र अन्य विषयको प्रतिनिधित्व गर्ने ४० भन्दा बढी महिलाहरूले आवेदन दिएका थिए। आवेदक ४० मध्येबाट १० उत्कृष्ट महिलाहरूलाई कार्यक्रममा समावेश गरिएको छ। २०२४ को सक्षम कार्यक्रमका लागि छनौट भएका सहभागिहरूमा अर्चना श्रेष्ठ, ईन्दु श्रेष्ठ, लुभिना शाक्य, प्रतिमा बस्याल, रचना पौडेल, रोजि महर्जन, सविना चौधरी, सुस्मिता पौडेल, श्रेया मल्ल, र श्रेया चोच्छे रहेका छन्। 

२०२३ सम्ममा यो कार्यक्रमले वृहत् संजालको विकास गर्दै २,००० भन्दा बढी महिलाहरूको क्षमता विकासमा काम गरेको छ। यसवर्ष सक्षम कार्यक्रमको तेस्रो शशक्तिकरणलाई नेपालभर जारी राख्दै थप १,००० महिलाहरूलाई कोका–कोलाको संजालमा जोड्ने तयारी भइरहेको कम्पनीले जनाएको छ। 

असार २, २०८१ सोमबार १८:३६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।