अन्तराष्ट्रिय जोरखाने प्रतियोगितामा सहभागी हुन इरान उड्यो नेपाली टोली

अन्तराष्ट्रिय जोरखाने प्रतियोगितामा सहभागी हुन इरान उड्यो नेपाली टोली

काठमाडौं : पहिलो अन्तराष्ट्रिय जोरखाने प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली इरानको इस्फाहन प्रस्थान गरेको छ।

जुन १८ देखि २३ सम्म हुने प्रतियोगितामा ऋतुराज सापकोटाको नेतृत्वमा इरान जाने खेलाडीहरूमा क्याप्टेन मिलन रानामगर, अन्तत अर्याल, अनुजसिंह श्रेष्ठ, कीर्तन रज्जाक, विशेष खड्गी र ठाकुर डाँगी रहेका छन्।

टोलीलाई एसियन जोरखाने तथा पहलवानी स्पोर्ट्स फेडेरेशनका कार्यवाहक अध्यक्ष कर्ण बहादुर शाहीले जर्सी हस्तान्तरण गरी शुक्रबार बिदाइ गर्दै देशभक्तिको भावना र इच्छाशक्ति भए सीमित श्रोत र साधनका बाबजुद पनि पदक जित्न सकिने धारणा व्यक्त गरे।

प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसियलहरूका लागि चन्द्रागिरि नगरपालिका नैकापमा रहेको सान इन्टरनेशनल कलेजले समेत सहयोग गर्ने जनाइएको छ।

त्यस क्रममा सान इन्टरनेशनल कलेजका अध्यक्ष डा. सुभाष घिमिरेले खेल प्रतियोगिताहरूमा विद्यार्थी खेलाडीहरूको सहभागिताले शैक्षिक संस्थाहरूको उन्नयनमा समेत सहयोग पुर्याउने बताउँदै खेल गतिविधिहरूमा सहयोग गर्न सके विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा टेवा पुग्ने विश्वास लिएको बताए।

जोर खाने खेल शारीरिक व्यायाम काैशलसँग सम्बन्धित पर्सियन मुलुकको परम्परागत खेल हो।  

असार २, २०८१ सोमबार १८:१४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।