एकदिन पेट्रोल अभाव हुँदा अस्तव्यस्त बनेको काठमाडौं उपत्यका (फोटोकथा)

एकदिन पेट्रोल अभाव हुँदा अस्तव्यस्त बनेको काठमाडौं उपत्यका (फोटोकथा)
तस्बिर : नेपाल न्युज बैंक

काठमाडौं : पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकहरू आन्दोलित हुँदा पेट्रोलियम वितरणमा समस्या आएको छ। काठमाडौं उपत्यकाभित्रका अधिकांश पम्प क्षेत्र दिनभर अस्तव्यस्त भएका छन्। आइतबारदेखि ढुवानीकर्ताहरू विभिन्न मागसहित आन्दोलित भएपछि उपत्यकासहित देशभरको पेट्रोलियम पदार्थ वितरण प्रणालीमा समस्या आएको हो। 

नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सरकारसमक्ष विभिन्न ७ बुँदे माग राख्दै देशभरका १८ सयभन्दा बढी चालक आइतबारदेखि आन्दोलनमा उत्रिएका हुन्। उनीहरुको सम्पूर्ण ट्यांकर चालक/सहचालक मजदुरको श्रम ऐनअनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने माग रहेको छ।

काठमाडौं उपत्यकामा रहेका प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले संचालन गरेको पम्प एवं साझा पेट्रोल पम्पमा इन्धन भर्नेको लाइनले गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो। निजी क्षेत्रबाट संचालित पम्पहरू भने दिनभर बन्द रहेका थिए। सोमबार अपरान्ह सरकार र ट्यांकर मजदुरहरूबीच सहमति भइसकेको छ।

असार २, २०८१ सोमबार १५:५९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।