सूर्यज्योति लाइफको मोबाइल एप डाउनलोड ६० हजार नाघ्यो

सूर्यज्योति लाइफको मोबाइल एप डाउनलोड ६० हजार नाघ्यो

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्सको मोबाइल एप डाउनलोड ६० हजार भन्दा बढी पुगेको छ। मर्जर पश्चात् परिमार्जन गरि सेवामा ल्याएको सूर्यज्योति मोबाइल एपले छोटो समयमै प्राप्त गरेको भन्दै कम्पनीले यसलाई  उपलब्धिको रूपमा लिएको जनाएको छ। 

यो एपको प्रयोगले अभिकर्ताहरूलाई व्यवसाय बिस्तार गर्न र बीमा योजना सम्बन्धी सम्पूर्ण जानकारी लिन सहज हुने र सक्रिय अभिकर्ताबीच आफ्नो टीम व्यवसाय बिस्तार गर्न अमूल्य भूमिका खेल्ने कम्पनीले जनाएको छ। 

यो एपमा एकदमै परिष्कृत प्रिमियम क्यालकुलेटरको सुविधा भएका कारण अभिकर्ताहरूले बिमितको उपयुक्त विवरणहरू समावेश गर्नासाथ बिमितको प्रिमियमको जानकारी तुरुन्तै पाउन सकिने र कुन बीमा पोलिसी लिन उपयुक्त हुन्छ सो को अनुमान तुरुन्तै गर्न सकिन्छ। 

अभिकर्ताहरूले आफ्नो टिम व्यवसाय, बिमितहरूको विस्तृत जानकारी, मेडिकल सहितको प्रिमियम, नवीकरण सम्बन्धी विवरण, आय विवरण, अभिकर्ता संजाल, नोटिफिकेसन तथा अन्य थुप्रै सुविधाहरू समावेश भएकै कारण सूर्यज्योति मोबाइल एप अभिकर्ताहरूको रोजाइमा परेको बताइएको छ। 

सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले भने, 'हाम्रो एप ६० हजार भन्दा बढि डाउनलोड भएको र सूर्यज्योति लाइफका १० हजार रजिस्टर्ड अभिकर्ताहरूले यो सुविधाहरू प्रयोग गर्नु भएकोमा हामी धेरै खुशी भएका छौं। हाम्रा ग्राहकहरू र अभिकर्ताहरूका लागि डिजिटल माध्यमबाट उत्कृष्ट एबम् नवीनतम् प्रविधि मार्फत सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताको यो ज्वलन्त उदाहरण हो।'

असार २, २०८१ सोमबार १५:३०:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।