हिमालयन बैंकको शाखा कार्यालय थापाथलीमा, आइतबारदेखि सेवा सुचारू

हिमालयन बैंकको शाखा कार्यालय थापाथलीमा, आइतबारदेखि सेवा सुचारू

काठमाडौं : हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालहरूमध्ये त्रिपुरेश्वर शाखालाई थापाथलीमा स्थानान्तरण गरेको छ। उक्त शाखा कार्यालयबाट आइतबारदेखि सेवा शुभारम्भ भएको हो।

बैंकले थापाथली शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याइएको जनाएको छ। उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले गरे।

यसैगरी, बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका–१, मेनरोड नारायणगढबाट आइतबारदेखि नै मेन रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्नेगरी सञ्चालनमा ल्याएको छ।  

हाल यस बैंकले नेपालभरि १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर र २६४ एटीएममार्फत् सेवा दिँदै आएको छ।  

असार २, २०८१ सोमबार १४:५२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।