तनहुँमा जंगली च्याउ खाँदा ५ जना बिरामी

तनहुँमा जंगली च्याउ खाँदा ५ जना बिरामी

तनहुँ : तनहुँमा जंगली च्याउ खाँदा पाँच जना बिरामी परेका छन्। 

आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ५४ वर्षीय डिलबहादुर गुरुङ र ५७ वर्षीय मधु गुरुङ बिरामी परेका छन्। उनीहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। 

त्यस्तै, हिलेखर्ककै ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीय द्रोणपति गुरुङ र ५८ वर्षीय पम्फी गुरुङ पनि बिरामी छन्। 

उनीहरुको आबुखैरेनी अस्पतालमा उपचार भइरहेको तनहुँका डीएसपी दिपककुमार रायले जानकारी दिए।

असार २, २०८१ सोमबार १४:२३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।