के हो रोहित र तन्जिमबीचको लफडा?

के हो रोहित र तन्जिमबीचको लफडा?

काठमाडौं : खेलका चारमध्ये तीन खेलमा पराजित भएपछि नेपाली टोली जारी आईसीसी टी२० विश्वकपको पहिलो चरणबाटै बाहिरियो।

सोमबार विहान भएको आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भयो। सुरुवाती चरणमा राम्रो बलिङ गरेको नेपाली टोलीको ब्याटिङ भने चल्न सकेन।

कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले केही समय समर्थकमा ऊर्जा भरे पनि त्यो अन्तिमसम्म कायम रहन सकेन। बंगलादेशका बलरले नेपाली टिमलाई ८५ रनमै अलआउट गर्यो।

त्यसबीचमा मैदानमा दुई देशका खेलाडीबीच केही नोकझोकसमेत भयो। विपक्षीको ध्यान खेलबाट भड्काउनका लागि खेलाडीले यसरी मेन्टल्ली गेम खेल्छन्।

खेलपछि भएको पत्रकार सम्मेलनमा नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले त्यसबारे बताएका छन्।

तन्जिमको बलिङको प्रशंसा गर्दै उनले खेलमा हिट अफ द मोमेन्ट हुने भन्दै सामान्य रुपमा लिनुपर्ने बताए।

उनले भने, ‘ऊ (तन्जिम) आएर ‘हिट’ भन्यो। मैले ‘गो एण्ड बल’ (जाउ, बलिङ गर) भनेँ। अरु केही पनि हैन।’

तन्जिमले नेपालविरुद्ध चार विकेट लिए। 

असार २, २०८१ सोमबार ०९:२६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।