आज पनि चलेन नेपालको ब्याटिङ, बंगलादेशसँग २१ रनले पराजित

आज पनि चलेन नेपालको ब्याटिङ, बंगलादेशसँग २१ रनले पराजित

काठमाडौं : आईसीसी टी२० विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ।

बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल १९.१ ओभरमा सबै विकेट गुमाएर ८५ रनमा समेटियो। यो टी-२० विश्वकपको इतिहासमा रोकिएको सबैभन्दा कम स्कोर हो।

नेपालका लागि कुशल मल्लले २७ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले २५ जोडे। आशिफ शेख १७ रनमा आउट हुँदा अन्य खेलाडले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बंगलादेशका लागि तन्जिम हसन सकिबले चार, मुस्ताफिजुर रहमानले तीन, सकीब अल हसनले दुई विकेट लिँदा सकीब अल हसनले समान एक विकेट लिए।

त्यसअघि सान्ट भिनसेन्टको एरोन भाले ग्राउन्डमा टस हारेर पहिला ब्याटिङमा तानिएको बंगलादेश १९.३ ओभरमा अलआउट भएर १०६ रन बनायो।

उसका लागि उसका लागि सकिब अल हसनले सर्वाधिक १७ रन बनाए।

ममदुल्लाह र रिसद हुसेनले समान १३–१३ रन बनाउँदा जकिर अलि १२ र लिट्टन दासले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। टक्सिन अहमद १२ रनमा नटआउट रहे।

नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहित पौडेलले समान दुई–दुई विकेट लिए।

समूह चरणका चार खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित हुँदा श्रीलंकाविरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो। तेस्रो खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको थियो।

असार २, २०८१ सोमबार ०८:४६:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।