आज बकर इद पर्व : देशभरका मस्जिदहरूमा मनाइँदै, सार्वजनिक बिदा

आज बकर इद पर्व : देशभरका मस्जिदहरूमा मनाइँदै, सार्वजनिक बिदा

काठमाडौं : मुस्लिम धर्मावलम्बीहरूको बकर इद (इदुल जोहा) पर्व आज देशभरका मस्जिदमा मनाइँदैछ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक परम्परा रहेको छ। यो मुस्लिमहरूको दोश्रो ठूलो महान चाड हो।

सरकारले सोमबार बकर इदका अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ।

बकर इदमा मुस्लिम धर्मावलम्बीहरुले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्, नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ।

सोमबार काठमाडौंको जामे मस्जिद, काश्मिरी मस्जिद लगायत मस्जिदमा मानिसहरू भेला भएर यो पर्व मनाउँदैछन्।

हिजरी संवत् १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल सलामलाई बलिदान गर्न तयार भएको दिनको सम्झनामा यो पर्व मनाउने गरिएको मुस्लिम अगुवाहरू बताउँछन्।

मुस्लिम समुदायले सोमबारदेखि तीन दिनसम्म यो पर्व मनाउने छ।

असार २, २०८१ सोमबार ०७:३२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।