विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशलाई १०६ रनमा रोक्यो

विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशलाई १०६ रनमा रोक्यो

काठमाडौं : आईसीसी टी२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशलाई १०६ रनमा रोकेको छ।

सान्ट भिनसेन्टको एरोन भाले ग्राउन्डमा टस हारेर पहिला ब्याटिङमा तानिएको बंगलादेश १९.३ ओभरमा अलआउट भएर १०६ रन समेटिएको हो।

उसका लागि सकिब अल हसनले सर्वाधिक १७ रन बनाए।

ममदुल्लाह र रिसद हुसेनले समान १३-१३ रन बनाउँदा जकिर अलि १२ र लिट्टन दासले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। टक्सिन अहमद १२ रनमा नटआउट रहे।

नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहित पौडेलले समान दुई-दुई विकेट लिए।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

जारी विश्वकपको समूह ‘डी’मा रहेको नेपाल प्रतियोगिताबाट बाहिरिइसकेको छ भने सिधै सुपर आठमा पुग्नका लागि बंगलादेशले आजको खेल जित्नैपर्ने हुन्छ। त्यसो हुन नसकेमा नेदरल्यान्ड्स र श्रीलंकाबीचको खेलमा निर्भर रहन्छ।

समूह चरणका चार खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित हुँदा श्रीलंकाविरुद्ध हुने भनिएको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो। तेस्रो खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको थियो।

असार २, २०८१ सोमबार ०६:५७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।