टुँडिखेलमा पुगे ‘घर ज्वाइँ’ दयाहाङ

टुँडिखेलमा पुगे ‘घर ज्वाइँ’ दयाहाङ

काठमाडौँ : सुरु भएको मगर समुदायको पर्व भूमेको मौका छोपेर टुँडिखेलमा पुगे फिल्म घरज्वाईँको टिम।

कलाकार दयाहाङ राई, मिरुना मगर, निर्देशक अनिल बुढामगर, कलाकार शिशिर वाङ्देल, भोलाराज सापकोटालगायत टुँडिखेल पुगेका थिए।

फिल्म प्रमोसनमा पुगेका अभिनेता दयाहाङले आफू भोजपुरमा जन्मिएको राईको छोरो भए पनि पूर्वी रुकुमको मगर युवाको जीवन फिल्ममा बाँच्न पाएको बताए।

नायिका मिरुना सानैमा विदेश गइन्। त्यही कारण मगर संस्कार र संस्कृतिलाई नजिकबाट बुझ्न नपाएको भन्दै उनले ‘घर ज्वाइँ’ले आफूलाई मगर संस्कृतिबारे बुझ्ने मौका दिएको बताइन्।

‘म पूर्वेली मगर हुँ। पश्चिमको संस्कार र संस्कृतिबारे बुझ्ने इच्छा थियो। यो अवसर ‘घरज्वाइँ’ले जुरायो,’उनले भनिन्।

फिल्म घरज्वाईँ पूर्वी रुकुम आसपासमा छायाङ्कन गरिएको छ। फिल्मको कथा निर्देशक अनिल आफैले लेखेका हुन्। उनलाई पटकथा तथा संवाद लेखनमा विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन्।

फिल्ममा दयाहाङ र मिरुनाका अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरले अभिनय गरेका छन्।

असार १, २०८१ आइतबार १५:४२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।