मन्दिरको दर्शन गराउन लगेर श्रीमतीको हत्या गरेपछि 'श्रीमती हराएको' भन्दै आफैंले प्रहरीमा उजुरी दिए

मन्दिरको दर्शन गराउन लगेर श्रीमतीको हत्या गरेपछि 'श्रीमती हराएको' भन्दै आफैंले प्रहरीमा उजुरी दिए

काठमाडौं : धनुषामा एक महिलाको शव फेला परेको छ। 

क्षीरेश्वरनाथ नगरपालिका-५, महेन्द्रनगरबाट आठ दिनदेखि बेपत्ता भएकी महिलाको शव मिथिला नगरपालिकामा शनिवार राति सामुदायिक वनको खोल्सामा फेला परेको हो।

शव फेला पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सखुवा महेन्द्रनगरकी २८ वर्षीया रुबी यादव रहेको धनुषाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता रञ्जन अवाले बताए।

रुबीको हत्या गरिएको अवस्थामा शव भेटिएपछि उनको श्रीमान् राजु यादवलाई इलाका प्रहरी कार्यालय सखुवाले गत बिहीबार नै नियन्त्रणमा लिएको अवाले बताए। उनका अनुसार राजुले  गरेको पुष्टि भएको भन्दै राजु स्वयम्ले पनि स्वीकारे गरेका छन्। 

अवाले भने, 'मृतक रुबीका श्रीमान राजु यादवले जेठ २७ गते बिहान श्रीमती जेठ २६ गतेदेखि घर नफर्केको भन्दै निवेदन दिएका थिए। घटना शङ्कास्पद देखिए पछि उनकै निवेदनको आधारमा निगरानी बढाइएको थियो। पछि छरछिमेकमा सोधपुछ गर्दा राजुलाई नियन्त्रणमा लिइएको र उनले श्रीमतीको हत्या गरेको स्वीकारेका छन्।'

राजुले बयानमा श्रीमतीको हत्याबारे जानकारी दिएपछि शव फेला परेको अवाले बताए।

जेठ २६ मा बिहानै राजुले औरही बाबा मन्दिरको दर्शन गर्न भनी श्रीमती रुबीलाई लगेर हत्या गरेको बयानका क्रममा भनेको अवाले बताए।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ। 

असार १, २०८१ आइतबार १४:०३:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।