३ मिनेटमा ३ किलो सुन र ३५ किलो चाँदी लुटेपछि सीसीटीभी क्यामेराको हार्ड डिस्क पनि लगेर भागे

३ मिनेटमा ३ किलो सुन र ३५ किलो चाँदी लुटेपछि सीसीटीभी क्यामेराको हार्ड डिस्क पनि लगेर भागे

काठमाडौं : चितवनमा एक सुनचाँदी पसलबाट ३ केजी सुन र ३५ केजी चाँदीसहित धनमाल लुटपाट भएको छ। कालिका नगरपालिका- ६ खोलेसिमल बजारमा रहेको विनोद सुनचाँदी पसलमा गएराति लुटपाट भएको प्रहरीले जनाएको छ। 

राति पसल बन्द गर्न सामान थन्क्याउने क्रममा मोटरसाइकलमा आएको दुई जनाको समूहले खुकुरी र चक्कु देखाइ लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज अर्यालले जानकारी दिए। 

उनका अनुसार लुटेराहरूले तीन मिनेटभित्रमै लुटपाट गरेर सीसीटीभी क्यामेराको हार्ड डिस्क समेत लगेर भागेका छन्। 

पसल सञ्चालकका अनुसार ३ किलो  सुन, ३५ किलो चाँदी २ लाख नगद लुटेराहरूले लगेका छन्। त्यसमध्ये ७७६ ग्राम सुन भने त्यही फेला परेको छ। लुटेराले चक्कु र खुकुरी पसलमै छोडेका छन्। 

घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी अर्यालले बताए।  

असार १, २०८१ आइतबार १३:३३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।