प्रताप र बेनिशाको ‘शान मान हाम्रो  स्वाभिमानको’मा भ्रष्टाचारका कुरा

प्रताप र बेनिशाको ‘शान मान हाम्रो  स्वाभिमानको’मा भ्रष्टाचारका कुरा

काठमाडौं : गीतकार तथा पत्रकार गोपाल प्रसाद थपलियाको रचनामा ‘शान मान हाम्रो स्वाभिमानको’ बोलको गीत सार्वजनिक भएको छ। गीतकार गोपाल प्रसाद थपलिया नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। 

देशमा भएका भ्रष्टाचार हटाउन स्वाभिमान नेपाली जाग्नुपर्ने जारणको गीतमा दीपक शर्माको संगीत, प्रताप दास र बेनिशा पौडेलको स्वर रहेको छ। भ्रष्टाचार हटेर सबैले न्याय पाउनुपर्ने खाल्का कुरा उठान गरेको यस गीतलाई पछिल्लो समयमा गायकसमेत रहेका सबिन सुवेदीले एरेन्ज गरेका छन्। 

गीतको भिडियोलाई स्टुडियोमा नै खिचिएको छ। जसमा सबिनसहित गायक प्रताप, बेनिशा,संगीतकार दीपक शर्मा र गीतकार आफै देखिएका छन्। 

यसअघि गीतकार तथा पत्रकार थपलियाका ७ ओटा कविता, कथा, मुक्तक, निबन्ध, गीतिसंग्रह प्रकाशित गरिसकेका छन्। उनले  ‘बतास चल्यो सरर’, ‘म’ र ‘मेरो देश’, ‘नेपाल आमाको पुकार’, कङ्गाल भए जनता’, ‘जनता रुवायो’, ‘उठ युवा युवतिहरु’,‘देशको माटो’ लगायत दर्जनौं गीत स्रोतामाझ ल्याइसकेका छन्। 

उनी हरेक वर्ष १,२ वटा गीत रिलिज गर्दै आएका छन्। 

असार १, २०८१ आइतबार १०:५८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।