चैतदेखि १५ वर्षीय बालिकामाथि पटकपटक बलात्कार, भक्तपुरबाट ३८ वर्षीय पुरुष पक्राउ

चैतदेखि १५ वर्षीय बालिकामाथि पटकपटक बलात्कार, भक्तपुरबाट ३८ वर्षीय पुरुष पक्राउ

काठमाडौं : भक्तपुरमा नाबालिकामाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–६, नगरकोटका ३८ वर्षीय कृष्णबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ। 

प्रहरी प्रधान कार्यालयका अनुसार उनलाई गएको बिहीबार साँझ पक्राउ गरिएको हो। 

तामाङले १५ वर्षीय बालिकालाई पटकपटक बलात्कार गरेको आरोप छ। 

०८० चैतदेखि पटकपटक ती नाबालिकाको बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेपछि तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।  

उनले पछिल्लोपल्ट गएको जेठ १२ गते दिउँसो भक्तपुर नगरपालिका–१, दूधपाटीस्थित गेस्टहाउसमा लगी बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।  

जेठ ३२, २०८१ शनिबार १५:४७:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।