राप्रपा नेपालको महाधिवेशन फागुनमा हुने

राप्रपा नेपालको महाधिवेशन फागुनमा हुने

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल)को राष्ट्रिय महाधिवेशन आगामी फागुन ७ देखि हुने भएको छ।

फागुन ७ देखि ९ गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनको मिति यही जेठ ३१ र ३२ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले तय गरेको हो।

सो बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ‘समसामयिक परिस्थिति र राप्रपा नेपालको कार्यदिशा र कार्यक्रम’ समेत पारित गरेको छ।

जेठ ३२, २०८१ शनिबार ०९:४२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।