आजबाट पशुपतिका चारै ढोका दर्शनार्थीका लागि खुला

आजबाट पशुपतिका चारै ढोका दर्शनार्थीका लागि खुला

काठमाडौं : आजबाट पशुपतिनाथ मन्दिरका चारवटै ढोका दर्शनार्थीका लागि खोलिएको छ।

पशुपतिनाथ मन्दिरमा दशनार्थीको संख्या बढ्दै गएपछि शनिबार बिहान ४ बजेदेखि नै पशुपति क्षेत्र विकास कोषले मन्दिरका चार वटै ढोका दर्शनार्थीको लागि खुला गरेको हो।

यसअघि हरेक दिन पशुपतिनाथ मन्दिरमा पूजाका लागि भट्टहरू प्रवेश गरेपछि मात्र बिहान ८ः३० बजेपछि भक्तजनका लागि तीनवटा ढोका खोल्ने गरिएको थियो।

विकास कोषले पशुपतिनाथ मन्दिरको पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान ९ः३० बजेदेखि ११ः३० सम्म खुला गर्ने गरेको थियो।

यसअघि हरितालिका तीज, महाशिवरात्रि र बालाचतुर्दशीको विशेष दिनमात्रै पशुपतिको चारै ढोका खोल्ने गरिएको थियो।

जेठ ३२, २०८१ शनिबार ०७:५५:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।