युरोकपमा जर्मनीको विजयी सुरुवात

युरोकपमा जर्मनीको विजयी सुरुवात

काठमाडौं : जर्मनीले यूरो कपमा विजयी शुरुवात गरेको छ।

गएराति सम्पन्न युरोकप २०२४ को उद्घाटन खेलमा जर्मनीले स्कटल्याण्डलाई ५-१ गोल अन्तरले पराजित गरेको हो।

जर्मनीका लागि फ्लोरियन विर्त्ज, जमाल मुसिआला, काइ हाभेर्ट, निकलस फुल्करग र एम्री क्यानले एक एक गोल गरेका थिए।

स्कटल्याण्डका लागि एक गोल जर्मनीका एन्टोनियो रुडीगेरले आत्मघाती गोल गरे।

यस खेलमा स्कटल्याण्डका रियान पोर्टेओउस खेलको ४४औ मिनेटमा रातो कार्ड पाएपछि स्कटल्याण्ड १० खेलाडीमा सिमित भएको थियो।

यो जितपछि समूह ए मा रहेको जर्मनीले ३ अंक हासिल गरेको छ।

युरोकप अन्तर्गत आज साँझ हंगेरी र स्विट्जरल्याण्ड खेल्दै छन् भने राति स्पेन र क्रोयसिया तथा  इटाली र अल्बानियाबीच खेल हुनेछ।

असार १, २०८१ शनिबार ०७:३२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।