ऐरी र भुर्तेलको शानदार बलिङमा नेपालले दक्षिण अफ्रिकालाई ११५ रनमा रोक्यो

ऐरी र भुर्तेलको शानदार बलिङमा नेपालले दक्षिण अफ्रिकालाई ११५ रनमा रोक्यो

काठमाडौं : आईसीसी टी२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११५ रनमा रोकेको छ।

सान्ट भिनसेन्टको एरोन भाले ग्राउन्डमा टस हारेर पहिला ब्याटिङमा तानिएको दक्षिण अफ्रिकाले सात विकेट गुमाएर ११५ रन बनाएको हो।

उसका लागि रिचा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाउँदा एडन मक्रम १५ र क्विेन्टन डिकक १० रन बनाएर आउट भए। ट्रिस्टान स्टब्स २७ रनमा नटआउट रहे।

नेपालका कुशल भुर्तेलले चार र दीपेन्द्र सिंह ऐरीले तीन विकेट लिए।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

जेठ ३२, २०८१ शनिबार ०६:५२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।