भागेको बाँदरलाई प्रहरीले घर फर्कायो

एजेन्सी : उत्तर क्यारोलिनाको जनावर नियन्त्रण र प्रहरी अधिकारीले घरबाट भागेको पालुवा बाँदरलाई आफ्नो मालिकसँग भेटाएको छ।
सर्फ सिटी प्रहरी विभागले फेसबुकमा बाँदरले क्यानल स्ट्रिट क्षेत्रबाट भागेर छेउको झाडीनजिक आएको र क्यामेरामा समातिएको भन्दै पोस्ट गरेको थियो।
पोस्टमा ‘यदि कसैलाई कुनै जानकारी भएमा तुरुन्तै सम्पर्क गर्न’ भनिएको थियो। प्रहरीले पछि फेसबुक पोस्टमा अपडेट राख्दै घर पालुवा बाँदरको मालिक भेटिएको र उनलाई जिम्मा लगाएको लेखेको थियो।
दोस्रो पोस्टमा प्रहरी प्रमुख फिल भोरहिजलाई बाँदरलाई नजिकबाट हेरिरहेको फोटोहरू राखिएको थियो।
‘प्रमुख भोरहिजले भागेको घरपालुवा बाँदरसँग अप्रत्याशित अपरान्ह भएको भेटघाटको आनन्द लिनुभयो। सर्फ सिटीमा कहिल्यै बोरिंगको दिन हुँदैन," पोस्टमा लेखिएको छ।
जेठ ३२, २०८१ शुक्रबार २२:४७:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।