बारामा गोली हानेर क्याम्पस प्रमुख कुशवाहको हत्या

बारामा गोली हानेर क्याम्पस प्रमुख कुशवाहको हत्या
प्रतिकात्मक तस्बिर।

बारा : गोली हानेर मोहन विक्रम रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या गरिएको छ ।

शुक्रवार साँझ अज्ञात समूहले उनलाई गोली हानेका थिए। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आदर्शकोतवाल गाउँपालिका-२ खजुरियाबाट सदरमुकाम कलैयातर्फ जाँदै गरेको बेलामा वडा नं. ३ स्थित भतिनिया क्षेत्रमा उनलाई गोली हानिएको हो।

घाइते कुशवाहालाई उपचारका लागि  बयोधा अस्पताल वीरगन्जमा लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो।

जेठ ३२, २०८१ शुक्रबार २०:२७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।