नेसपाका नेतालाई माओवादीको पत्रको आधारमा सभामुखले गरे संसद् पदबाट मुक्त
पोखरा : गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले ऊर्जामन्त्री फणीन्द्र देवकोटालाई सांसद पदबाट हटाएका छन्। पार्टीको ह्विप उलङ्घन गरेको आरोपमा प्रदेश सभाको शुक्रवारको दोस्रो बैठकमा सभामुख धितालले देवकोटा पदमुक्त भएको सूचना दिएका हुन्।
उनी नेपाल समाजवादी पार्टी (नेसपा)का नेता भए पनि गोरखा २ (क) मा माओवादीको चुनाव चिह्नबाट उम्मेदवार बनेका थिए। माओवादीले संसदीय दलले मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत नदिन ह्विप जारी गरे पनि उनले विश्वासको मत दिएका थिए।
जेठ २८ मा मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएपछि उनी भोलिपल्ट ऊर्जामन्त्री नियुक्त भएका थिए।
लगत्तै माओवादी केन्द्रले ह्विप उल्लङ्घन गरेको भन्दै उनलाई कारबाही गर्दै सभामुखलाई पत्र दिएपछि त्यसैमा टेकेर सभामुखले उनको पद नरहेको घोषणा गरेका हुन्। सभामुख धिताल माओवादी कोटाबाटै सभामुख भएका थिए।
जेठ ३२, २०८१ शुक्रबार १७:३३:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।