ऋतिकसँगको प्रेमले दुई वर्ष बेरोजगार भएकी सबाको प्रश्न : सफल साथीहुँदैमा उसलाई आफ्नो भाडा र बिल तिर्नुपर्दैन?

ऋतिकसँगको प्रेमले दुई वर्ष बेरोजगार भएकी सबाको प्रश्न : सफल साथीहुँदैमा उसलाई आफ्नो भाडा र बिल तिर्नुपर्दैन?

मुम्बई : बलिउड अभिनेता ऋतिक रोशन र उनकी प्रेमिका सबा आजाद बलिउडमा रुचाइएका जोडी हुन्। उनीहरू पछिल्लो समयमा सम्बन्धमा छन् र आफ्नो सम्बन्ध लुकाएका पनि छैनन्।

सबा पेशाले भ्वाइस ओभरको काम गर्छिन्। उनले हालैमात्र इन्स्टाग्राममा एक रेकर्डिङ स्टुडियोमा रहेको आफ्नो तस्बिर साझा गर्दै ऋतिकसँग दुई वर्ष डेटमा रहँदा बेरोजगार बनेको खुलासा गरेकी छिन्।

‘आफ्नो काममा फर्किएँ। दुई वर्ष बढी समयपछि वीओ रेकर्ड गरिरहेकी छु’, उनले लेखेकी छन्। इन्स्टामा सबाले दुई वर्ष आफू कसरी बेरोजगार भएँ भन्ने कुरा पनि उल्लेख गरेकी छन्।

‘म दुई वर्ष बढी समयदेखि भ्वाइस ओभर कलाकार हुँ। मैले आफूले छानेका तीन करियरमा यो करियर पनि एउटा हो। यो करियर आर्थिक रूपले मेरा लागि सफल रह्यो। म एक निर्देशकको नियमित भ्वाइस ओभर गर्थेँ। एकदिन मैले ‘मलाई किन काम नदिएको ?’ भनेर सोध्दा उहाँको उत्तर सुनेर म छक्क परेँ। उहाँले ‘तिमी एक सफल अभिनेतासँग डेटमा रहेका कारण भ्वाइस ओभरको काम छोड्यौ होला भनेर नबोलाएको’ जवाफ दिनुभयो’, सबाले लेखेकी छन्।

उनले अगाडि लेखेकी छन्, ‘के हामी अहिले पनि त्यो अन्धकार युगमा बाँचिरहेका छौँ, जहाँ हामी मान्छौँ कि एक सफल साथीसँग सम्बन्धमा एक महिलालाई आफ्नो भोजनको व्यवस्था गर्नुपर्दैन? या उसलाई आफ्नो भाडा र बिल तिर्नुपर्दैन? या उसलाई आफ्नो काममा गर्व हुँदैन। र उसलाई आफ्नो र आफ्नो परिवारको ख्याल राख्नुपर्दैन? यो दुःखद रूपमा पितृसत्तात्मक मानसिकता हो।’

जेठ ३२, २०८१ शुक्रबार १६:२२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।