भक्तपुरको गेष्ट हाउसमा १५ वर्षीया किशोरीलाई चैतदेखि पटक-पटक बलात्कृत, उजुरीपछि एक जना पक्राउ

भक्तपुरको गेष्ट हाउसमा १५ वर्षीया किशोरीलाई चैतदेखि पटक-पटक बलात्कृत, उजुरीपछि एक जना पक्राउ
सांकेतिक तस्बिर

भक्तपुर : १५ वर्षीया किशोरीलाई पटक-पटक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका-६ नगरकोट बस्ने ३८ वर्षीय कृष्ण बहादुर तामाङ रहेका छन्।

तामाङले ती किशोरीलाई २०८० चैतदेखि पटक-पटक र पछिल्लो पटक २०८१ जेठ १२ गते दिउँसो भक्तपुर नगरपालिका-१ दुधपाटी स्थित न्यू भक्तपुर गेष्ट हाउसमा बलात्कार गरेको उजुरीपछि बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तामाङले पछिल्लो तीन महिनादेखि किशोरीलाई ललाई फकाई, डर धाक धम्की देखाई बलात्कार गर्ने गरेको खबरपछि जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनापछि पीडित किशोरीको स्वास्थ्य परीक्षणका लागि पठाइएको छ भने प्रहरी घटनाबारे अनुसन्धान थालेको छ।

जेठ ३२, २०८१ शुक्रबार १३:५३:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।