कोरियन चाउचाउमा अधिक मसला भएपछि फिर्ता पठाउन निर्देशन

कोरियन चाउचाउमा अधिक मसला भएपछि फिर्ता पठाउन निर्देशन

एजेन्सी : साम्याङ फुड्सद्वारा उत्पादित कोरियाली इन्स्ट्यान्ट चाउचाउहरू खाँदा बान्ता हुने समस्या देखापरेको एक अनुसन्धानले पत्ता लगाएको छ।

डेनमार्कको एक अस्पतालले बुलडाकको मसालेदार चाउचाउ खाँदा बान्ता हुने जस्ता समस्या देखापरेको शुक्रबार खुलासा गरेको छ।

त्यस्ता चाउचाउहरूमा अत्यधिक मसला मिसाइएकोले स्वास्थ्यमा नकारात्मक असर परेको भन्दै डेनमार्कले यस हप्ताको सुरुमा फिर्ता पठाएको छ।

डेनमार्कको एक अस्पतालमा विषाक्त खाद्यान्न परीक्षण गर्ने विशेष इकाइ छ। त्यहाँ परीक्षण गर्दा उपभोक्ताले आफूलाई पेट दुख्ने र बान्ता जस्ता लक्षणहरू अनुभव भएको खुलासा गरेका थिए।

करिब १० जनासँग गरिएको सोधपुछपछि प्राप्त जानकारी अनुसार कोरियाली चाउचाउसँग सम्बन्धित सम्भावित समस्याहरूबारे थप अनुसन्धान गरिने भएको छ।

डेनमार्कमा तीनवटा बुलडाक चाउचाउ उत्पादनहरू फिर्ता पठाईएको पुष्टि गर्दै अधिकारीहरूले साम्याङका उत्पादनहरूका सम्बन्धमा हाल कुनै थप नयाँ उपायको योजना नभएको बताएका छन्।

गत मङ्गलबार डेनमार्कको खाद्य प्रशासनले तीन प्रकारका बुलडाक मसालेदार चाउचाउहरू- साम्याङ बुलडाक हट चिकेन रामेन थ्रीएक्स स्पाइसी, साम्याङ बुलडाक हट चिकेन रामेन टूएक्स स्पाइसी र साम्याङ हट चिकेन फ्लेवर रामेन स्ट्यु टाइपको बढी विषाक्तताको जोखिमलाई ध्यानमा राख्दै फिर्ता पठाइएको जनाएको छ।

डेनमार्कका अधिकारीहरूले यी उत्पादनहरू भएका उपभोक्ताहरूलाई नष्ट गर्न वा खरिद गरेको पसलमा फिर्ता गर्न सल्लाह दिएका छन्। उनीहरूले चाउचाउ खाएपछि बालबालिकामा गम्भीर लक्षण देखिएमा विषादी परीक्षण केन्द्रमा सम्पर्क गर्न अभिभावकलाई आग्रह पनि गरेका छन्।

लगभग ८० देशहरूमा निर्यात गरिएको बुलडाक चाउचाउ उत्पादनहरू धेरै मसलादार भएकोले फिर्ता गरिएको यो पहिलो घटना हो।

जेठ ३२, २०८१ शुक्रबार १३:३१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।