१७औं युरोकप आजबाट जर्मनीमा सुरू हुँदै

१७औं युरोकप आजबाट जर्मनीमा सुरू हुँदै

काठमाडौं : १७औं संस्करणको युरो कप आजबाट जर्मनीमा सुरू हुँदैछ।

२४ राष्ट्र सहभागी युरोकपको उद्घाटन खेलमा आयोजक जर्मनी र स्कटल्यान्ड भिड्दैछन्।

म्युनिखस्थित क्लब बार्यन म्युनिखको घरेलु मैदान एलिनाज रंगशालामा हुने खेल नेपाली समय अनुसार मध्यराति ठीक १२ः४५ बजेबाट सुरु हुनेछ।

जर्मनीका विभिन्न १० शहरका १० रंगशालामा आयोजना हुने युरोकपका लागि जर्मनीले एकल आयोजकको अधिकार पाएको हो।

यसअघि २०२० मा हुनुपर्ने युरोकप कोरोनाका कारण २०२१ मा गरिएको थियो। उक्त युरोकप इटालीले जितेको थियो। उसले इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो।

नेपालमा युरो कपका खेल सोनी स्पोर्ट्सका विभिन्न च्यानलबाट हेर्न सकिन्छ।

जेठ ३२, २०८१ शुक्रबार १३:१३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।